arrow

विद्यालय शिक्षा विधेयक शिक्षकका सम्झौता अनुसारै पारित हुन्छ: विश्वप्रकाश शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
bishwaprakash-20.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयक शिक्षकहरूसँग भएका सम्झौताहरूलाई अक्षरशः लागू गर्दै संसदबाट पारित हुने बताएका छन्।  महामन्त्री शर्माले समाज र देश बनाउन सबै एकसाथ भएर लाग्नुपर्नेमा जोड दिए। उनले देशलाई समृद्ध बनाउन सडक निर्माण, बिजुली उत्पादन र रोजगारी सिर्जना गर्नु अपरिहार्य रहेको बताए। यद्यपि, सामाजिक रूपान्तरणको सबैभन्दा सशक्त झण्डा शिक्षकहरूले मात्रै उठाउन सक्ने उनको भनाइ थियो। उनले राजनीति र विद्यालयबीचको सहकार्य तथा स्थानीय तह र विद्यालयबीचको सहकार्यको मुख्य विषय सामाजिक रूपान्तरण नै भएको उल्लेख गरे।

महामन्त्री शर्माले भने, "यो समाज र यो देश बनाउनु छ भने बाटो पनि बनाऔँ, बिजुली पनि बनाऔँ। रोजगारी सिर्जना गर्ने काम पनि गरौँ। तर सामाजिक रूपान्तरणको मुद्दाको सबैभन्दा सशक्त झण्डा कसैले उठाउँछ भने शिक्षक संघले नै हो। गाउँ-गाउँमा उठाउँछ।"

उनले थपे, "राजनीति र विद्यालयबीचको सहकार्यको विषय सामाजिक रूपान्तरण हो। स्थानीय तह र विद्यालयबीचको सहकार्यको विषय भनेको सामाजिक रूपान्तरण हो। शिक्षा विधेयक जे प्रक्रियामा गएको छ, जे सम्झौतामा गएको छ, अक्षरशः दायाँ, बायाँ नभइकन तपाईंको हातमा पर्नेगरी संसदबाट हामी टुंग्याउँछौँ।"

महामन्त्री शर्माले सामाजिक रूपान्तरणको मुद्दा शिक्षकहरूको बन्नुपर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ