शिक्षा क्षेत्रमा पठनपाठनको होइन, सिकाईको संकट - गगन थापा [भिडियो]
हामी नेपालीहरू लो इन्कमबाट माथि उठिसकेका छैनौँ, त्यसका निम्ति हाम्रो कक्षाकोठाभित्रको सिकाइ नबदलिकन सम्भव छैन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
673
Shares
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले शिक्षा क्षेत्रमा पठनपाठनको नभई सिकाइको संकट रहेको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
महामन्त्री थापाले विद्यालय शिक्षा विधेयकबाट यसको समाधान हुने विश्वास व्यक्त गरे। उनले अबको दशक शिक्षा विकासको दशक भएको उल्लेख गर्दै शिक्षाको स्तर माथिल्लो दर्जामा पुग्न जरुरी रहेको बताए। त्यसका लागि कक्षाकोठाभित्रको सिकाइ नबदलिकन सम्भव नरहेको उनको जिकिर थियो। परिवर्तनको संवाहक शिक्षक नै भएकाले एउटा नयाँ जोशका साथ विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्ने उनले बताए।
थापाले भने, "हाम्रो अहिलेको संकट भनेको पठनपाठनको संकट होइन, सिकाइको संकट हो। यो विधेयकबाट कानून बनिसकेपछि अब हाम्रो अपेक्षा शिक्षा विकासको दशक हो। हामी नेपालीहरू लो इन्कमबाट माथि उठिसकेका छैनौँ। त्यसका निम्ति हाम्रो कक्षाकोठाभित्रको सिकाइ नबदलिकन सम्भव छैन। त्यो परिवर्तनको संवाहक शिक्षक साथीहरू हो।"
उनले थपे, "यो कानून बनिसकेपछि हाम्रो शिक्षक संघको नेतृत्वमा देशभर शिक्षक पेशामा लागेका साथीहरूले एउटा नयाँ जोशका साथमा हाम्रो विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्छ। र नयाँ एउटा क्रान्तिको तपाईंहरूले नेतृत्व गर्नुपर्छ।" थापाले नेपाली काँग्रेसले आफ्नो विधान संशोधन गर्दै फरक-फरक क्षेत्र, पेशा, व्यवसायका व्यक्तिहरूलाई पार्टीभित्र आफ्नो अनुभव लिएर आउन प्रेरित गर्न चाहेको पनि बताए।
महामन्त्री थापाले अहिले राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाए।