काठमाडौँ । हाम्राकुराकर्मी नारायण वलीलाई पितृशोक परेको छ । उनका पिता मोतिलाल वलीको बिहीबार बिहान निधन भएको हो । लामो समयदेखि बिमार उनको दाङस्थित घोराही ५ धवलाडाँडा निवासमै ८० वर्षको उमेरमा निधन भएको हो ।
उनी मुटु रोगी थिए । उनको मुटुको शल्यक्रिया गर्नसमेत समस्या भएसँगै काठमाडौँबाट फिर्ता लैजानु परेको थियो ।
उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् । सहकर्मी वलीका पिताको स्वर्गवासको कामनासँगै वली परिवारलाई समवेदना ।