arrow

मनाइयो पनौती जात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
panauti-jatra-2082.jpg

काभ्रे । काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा १४२१ वर्षदेखि मनाइँदै आइएको पनौती जात्रा (ज्या पुन्ही) हिले–जात्रा सम्पन्न भएको छ । परम्पराअनुसार गत सोमबार २६ गते साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुईवटा बाँस तेर्स्याइने र देवगण (दुइचा न्याकेगू) हरू सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ । 

सोही राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैंडु पूजा (होम) गर्ने प्रचलन रहेको छ । जात्रा मनाउने क्रममा चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामसहित पूजा अर्चना गरिन्छ । 

साथै इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीर जात्रा गरी नगर परिक्रमा गराइनुका साथै साँझै भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिन्छ । 

त्यसैगरी जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भागदौड गराउने र रथ भेटिँदा रथलाई एकापसमा जुधाउने काम हुन्छ । 

जात्राको विधिअनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । 

भाग्ने र पिछा गर्ने कार्यका रूपमा अबीर जात्रा गरी रथ जुधाइने गरिन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । 

धार्मिक आधारमा रथ जुधाउने परम्परालाई यौनिकता प्रस्तुतिका रूपमा लिइने गरिन्छ । यस जात्रा विशेषतः काम–क्रीडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहेपनि आजभोलि दिनको समयमै समापन गर्ने गरिन्छ । 

जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिएको स्थानीय बताउँछन् । 

जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुने मान्यता छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रूपमा लिने गरिन्छ । 

panauti-jatra-82-2-29 (18).jpg
panauti-jatra-82-2-29 (17).jpg
panauti-jatra-82-2-29 (16).jpg
panauti-jatra-82-2-29 (15).jpg
panauti-jatra-82-2-29 (14).jpg
panauti-jatra-82-2-29 (13).jpg
panauti-jatra-82-2-29 (12).jpg
panauti-jatra-82-2-29 (11).jpg
panauti-jatra-82-2-29 (10).jpg
panauti-jatra-82-2-29 (9).jpg
panauti-jatra-82-2-29 (8).jpg
panauti-jatra-82-2-29 (7).jpg
panauti-jatra-82-2-29 (6).jpg
panauti-jatra-82-2-29 (5).jpg
panauti-jatra-82-2-29 (4).jpg
panauti-jatra-82-2-29 (3).jpg
panauti-jatra-82-2-29 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ