arrow

दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
dilbhushan-pathak-patrakar.jpg

काठमाडौँ । समाचारको विषयलाई लिएर पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो । 

पाठकले युट्युबमा सार्वजनिक हुँदै आएको आफ्नो कार्यक्रम ‘टफ टक’ मार्फत नक्शालमा रहेको हिल्टन होटलको शेयर खरिद बिक्रीका विषयमा जयवीरसिंहको संलग्नताबारे ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए ।

सो विषयलाई लिएर जयवीरले पाठकले चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । 

पाठकले समाचारमा जयवीरले होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर होटल खरिद गरेको आरोप लगाएका थिए । 

पक्राउ पुर्जीको व्यापक विरोध

समाचारको विषयलाई लिएर पत्रकार पक्राउको विरोधप्रति व्यापक विरोध भइरहेको छ । पत्रकारहरुका विभिन्न संघ संस्थाले पनि विज्ञप्ति जारी गरी उक्त कदमको विरोध गरेका छन् भने कांग्रेसभित्रै पनि आलोचना भइरहेको छ । 

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्न पाइँदैन’ भन्ने शीर्षक राखेरै पाठक विरुद्धको पक्राउ पुर्जीप्रति आपत्ति जनाएका हुन् । 

उनले दिभूषण पक्राउ र बिजमाण्डूको समाचार डिलिट गर्ने आदेश प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथिको गम्भीर प्रहार भएकोसमेत जनाएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालत स्वयंले सूचना मेटाउने आदेश दिनु लोकतान्त्रिक अभ्यासको गम्भीर विचलन हो, पत्रकार पक्राउ गर्ने, वेबपोर्टलको समाचार डिलिट गराउने यस्तो प्रवृत्तिले हामी कहाँ जाँदैछौँ ? समाचार लेख्नेलाई कारबाही, प्रश्न गर्नेलाई सजाय हामीले ल्याएको लोकतन्त्रको व्यवहार यो होइन,
संविधानले प्रत्याभूत गरेका मौलिक हकहरू संरक्षण हुनुपर्छ, नियन्त्रण होइन । गल्ती  कमजोरी भएको ठाउँमा प्रेसलाई नियन्त्रण भन्दा पनि जवाफदेही बनाऔँ ।’

त्यस्तै धितोपत्र बोर्डका अध्यक्षको समाचारबारे काठमाडौँ जिल्ला अदालतले नेपाल खवर र बिजमान्डुलाई समाचार नै हटाउन आदेश दिएको थियो । उक्त कदमकोसमेत विरोध भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ