arrow

उपराष्ट्रपति यादव रुसमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
uparastrapati.jpg

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव मंगलबार साँझ रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा सहभागी भए।

नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी ए. नोभीकोभले आयोजना गरेको उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, उपसभामुख इन्दिरा राना, सांसदहरू, प्रधानसेनापति अशोकराज सिग्देल, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरू, पूर्वमन्त्रीहरू, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र सञ्चारकर्मीहरूको उपस्थिति थियो।

सो अवसरमा एक रुसी साङ्गीतिक टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ