arrow

वाम एकता भइहाल्ला भन्नेमा आश्वस्त छैन - पूर्वराष्ट्रपति भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
bidhyadevi-bhattrai-07-19.jpg

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा तत्काल वाम एकता हुने कुरामा आफू विश्वस्त नरहेको बताएकी छन्। उनले नेपालमा वाम एकता भए पनि अहिलेसम्म टिक्न नसकेको र पार्टीहरूबीच विश्वासको ठूलो सङ्कट देखिएको औँल्याइन्।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले देशमा भएका ठूला, जिम्मेवार र नयाँ उदय भएका दलहरू राष्ट्रिय एजेन्डामा छलफल गरेर एकताका साथ अगाडि बढे राष्ट्रलाई राम्रो हुने धारणा राखिन्।

उनले भनिन्, "आखिर वाम एकता गरे पनि अहिलेसम्म टिकेको छैन। त्यसले गर्दा, म वाम एकता भइहाल्ला भन्ने कुरामा त्यति आश्वस्त पनि छैन। विश्वासको ठूलो सङ्कट छ पार्टी–पार्टीहरूको बीचमा। हामीले जे देखिरहेका छौँ, देशभित्रको स्थिति त्यति पार्टीहरूको बिचमा, जुनसुकै पार्टीहरूको बीचमा पनि विश्वासको सङ्कट छ। म वामपन्थी मात्रै भन्दिन, देशमा भएका ठूला र जिम्मेवार सबै दलहरू, अहिले नयाँ दलहरू पनि उदय भइरहेका छन्। राष्ट्रिय एजेण्डामा राम्रो छलफल गरेर एकता साथ अगाडी बढे राष्ट्रलाई राम्रो हुन्छ।"

भण्डारीले आफूले कुनै व्यक्तिगत आकाङ्क्षा नराखेको र कुनै गुटगत राजनीति नगरेको पनि स्पष्ट पारिन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ