काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको सुनकोसी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा २४ वर्षीय साजन वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ।
धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।