arrow

शारीरिक सुगठनमा ग्रेस ओभरअल च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
body-building-grace-maharja.jpg

काठमाडौँ । नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगितामा ओभरअल च्याम्पियन बनेका छन् ।

ग्रेसले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । नेपाल पुलिस क्लबमा भएको प्रतियोगितामा ग्रेस पुरुष ७५ केजीमाथि पहिलो हुँदा ओभरअल उपाधि होडमा प्रवेश गरेका थिए । आफ्नो तौल समूहमा पहिलो भए वापत ग्रेसले छुट्टै ५० हजार नगद पुरस्कार हात पारे ।

प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमा ह्यामर फिट्नेसका सुमित गिरी, ६५ केजीमा बी एन्ड एल फिट्नेस स्टेसनका किशोर लिम्बू, ७० केजीमा बडी गराजका अभिजित राजवंशी र ७५ केजीमा व्यायाम मन्दिरका सुरेश मुनिकार पहिलो भए । पुरुषमा पहिलो हुनेले ५० हजार, दोश्रोले ४० हजार, तेश्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार नगद पुरस्कार जिते ।

महिला खुलामा डिभाइनकी उर्मिला श्रेष्ठले उपाधि जितिन् । महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाए ।

विजेतालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानकी निर्देशक गंगा दाहाल लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ