झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना: सशस्त्रका सईको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
882
Shares
भद्रपुर (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–३, सानो केर्खामा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी बल नेपाल (बिओपी) मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सई पुरनलाल राजवंशी रहेका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रनाउ खड्काले बताए। दुर्घटनामा गम्भीर घाइते भएका सप्रनानि राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।