arrow

बैंगलुरुको विजयी परेडमा भागदौड, कम्तीमा ११ को मृत्यु, २४ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
ipl-rcp-catastrophy-stampad.jpg

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरुको विजयी परेडका क्रममा चिन्नास्वामी स्टेडियम नजिकै अचानक भागदौड मच्चिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । 

हजारौँ मानिसको भीडका कारण भीड एक्कासी अनियन्त्रित भएको बताइएको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने अस्पताल स्रोतले बताएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

हजारौँ प्रशंसक हतारमा विभिन्न गेटहरूबाट स्टेडियममा प्रवेश गर्न खोज्दा भागदौड भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  

भागदौडका कारण धेरै आरसीबी फ्यान स्टेडियम बाहिर बेहोशसमेत भएका थिए । घटनास्थलमा सबै घाइतेहरुलाई अस्पताल पुर्‍याउन कयौं एम्बुलेन्स खटाइएको छ । घटनास्थलमा उपस्थित मानिसहरूले पनि एक अर्कालाई सहयोग गरेका थिए भने कतिपयले घाइतेलाई सीपीआर दिएको पनि देखियो ।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाका राजनीतिक सचिव नासिर अहमदले भीड अचानक नियन्त्रण बाहिर गएपछि स्थिति सम्हाल्न गाह्रो भएको बताए । 

 ‘परिस्थितिलाई सम्हाल्ने प्रयास गरिरहेका छौँ, तैनाथ सुरक्षाकर्मीको संख्या बढाइएको छ । उत्सव व्यवस्था गर्न समय नपाउँदा यो दुर्घटना हुन पुगेको छ,’ उनले भने ।

कर्नाटक राज्य क्रिकेट संघले बैंगलुरुलाई ऐतिहासिक जित हासिल गरेपछि एक अभिनन्दन समारोह आयोजना गरेको थियो । जसमा हजारौँ प्रशंसकहरू आएका थिए ।

समाचार एजेन्सी आईएएनएसका अनुसार ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । भीडलाई नियन्त्रण गर्न प्रहरीले हल्का लाठीचार्ज गर्नुपरेको थियो।

भागदौड हुनुभन्दा पहिले नै एकबालक बेहोश भएका थिए । कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले कति जनाको मृत्यु भयो भन्ने कुरा अझै पुष्टि नभएको बताए । 

भारतीय जनता पार्टी भाजपा कर्नाटकका अध्यक्ष बीवाई विजयेन्द्रले कम्तीमा ११ जनाको मृत्यु भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ