आईपीएलको उपाधिका लागि बैंगलोर र पञ्जाब मैदानमा, बैंगलोर ब्याटिङमा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
746
Shares
काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको अठारौँ संस्करण आज सकिँदैछ । आज आईपीएलले नयाँ च्याम्पियन पाउँदैछ ।
पहिलो पटक उपाधिविहीन दुई टोलीहरु रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब किंग्स फाइनलमा भिडिरहेसँगै आईपीएलले नयाँ विजेता पाउन लागेको हो ।
पञ्जाब किंग्स ११ वर्षपछि र बैंगलुरु ९ वर्षपछि फाइनलमा पुगेको हो । अहमदाबादमा जारी खेलमा पञ्जाबले टस जितेर पहिले बलिङ गरिरहेको छ ।
आईपीएलका १७ औं संस्करणसम्म मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले समान ५, कोलकाता नाइट राइडर्सले ३ तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटान्सले समान १–१ उपाधि जितेका छन् ।
अहिलेसम्म सात टिमले उपाधि जितेकामा आजदेखि आठौँ टिम बैंगलुरु वा पञ्जाब हुनेछ ।