arrow

नेपालीमै ध्यानको लागि पहिलो एप 'मेडिटेट नेपाल' निःशुल्क डाउनलोड 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
meditate-nepal-app-gaurav-sitoula.jpg

काठमाडौँ । मानसिक स्वास्थ्य तथा कल्याणको क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै हालै सार्वजनिक भएको मोबाइल एप ‘मेडिटेट नेपाल’ ले छोटो अवधिमै १३०० भन्दा बढी प्रयोगकर्ताहरूलाई आफूतर्फ आकर्षित गर्न सफल भएको छ । 

ग्रोथ हब नेपाल प्रा. लि. द्वारा विकसित, नेपालकै पहिलो पूर्णतया नेपाली भाषामा तयार पारिएको ध्यान तथा सचेतना एप 'मेडिटेट नेपाल' अब सबैका लागि निःशुल्क डाउनलोड गर्न उपलब्ध भएको  प्रेस विज्ञप्ति जारी गरी जनाइएको छ ।
गत  जेठ १ गते सार्वजनिक भएदेखि नै सकारात्मक प्रतिक्रिया पाइरहेको यो एपले नेपाली भाषीहरूलाई उनीहरूकै भाषामा मानसिक शान्ति,  स्पष्टता र आत्म-विकासको लागि एक अद्वितीय मञ्च प्रदान गरेको सञ्चालकको दाबी  छ ।
एपले विशेष गरी समस्या-केन्द्रित ध्यान विधिहरू लाई प्राथमिकता दिएको छ, जसले गर्दा प्रयोगकर्ताहरूले आफ्नो आवश्यकताअनुसार तनाव व्यवस्थापन, गहिरो निद्रा, अत्यधिक सोच्ने बानीबाट मुक्ति, आत्मविश्वास वृद्धि जस्ता विषयहरूमा नेपाली भाषामै मार्गदर्शन प्राप्त गर्न सक्नेछन् । 
एपमा उपलब्ध कूल ४० भन्दा बढी ध्यानहरूमध्ये, प्रयोगकर्ताहरूलाई एपको अनुभव दिलाउन केही बिशेष ध्यानहरू निःशुल्क रूपमा 'निःशुल्क ध्यान' श्रेणी अन्तर्गत राखिएको बताइएको छ । 

बाँकी सम्पूर्ण विशेष निर्देशित ध्यान, सकारात्मक पुष्टि र आरामदायी संगीत तथा ध्वनिपरिदृश्यहरू सहितको पूर्ण सङ्ग्रहमा पहुँच पाउनका लागि न्यूनतम शुल्कमा प्रिमियम सदस्यता लिन सकिने विज्ञप्तिमा जनाइएको छ । 

प्रिमियम सदस्यले के पाउँछन् ?
निर्देशित ध्यान: तनाव व्यवस्थापन, गहिरो निद्रा, अति सोचाइबाट मुक्ति, आत्मविश्वास वृद्धि, सम्बन्ध सुधार, आर्थिक लक्ष्य प्राप्ति जस्ता विभिन्न समस्या-केन्द्रित विषयहरूमा गहिरो मार्गदर्शन ।
सकारात्मक पुष्टि: आत्मविश्वास र सकारात्मक सोच विकासका लागि ।
आरामदायी संगीत र ध्वनिपरिदृश्यहरू: मनलाई शान्त पार्न र आराम गर्न मद्दत पुर्याउने विशेष ध्वनिहरू।
अफलाइन पहुँच र अन्य विशेष सुविधाहरू।

एप भर्खर सार्वजनिक भएको अवसरमा मेडिटेट नेपालले प्रिमियम सदस्यतामा आकर्षक छुटहरू प्रदान गरेको छ । सीमित समयको लागि पहिलो तीन महिनाको सदस्यता मात्र रु. ११११ मा र पूरै एक वर्षको सदस्यता विशेष छुटमा रु. ३७७७ मा उपलब्ध छ । एपका र प्रिमियम सदस्यहरूले मासिक अनलाइन सामूहिक ध्यानमा पनि सहभागी हुन पाउनेछन् ।

एपका संस्थापक गौरव सिटौला एन. एल. पी. र हिप्नोसिसको प्रशिक्षक हुन् । उनी आफैँ पनि विगतमा चिन्ताजस्ता मानसिक समस्यासँग जुधेका थिए र ध्यानलाई आफ्नो जीवनमा एक महत्वपूर्ण सहयोगीको रुपमा पाएपछि यो एप निर्माण गर्ने प्रेरणा पाएको बताए । 

'मैले व्यक्तिगत रूपमा ध्यानबाट धेरै लाभ उठाएको छु । मेरो चाहना थियो कि यस्तै अनुभव र मानसिक शान्ति अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले पनि सजिलै पाउन सकुन् । १३०० भन्दा बढी प्रयोगकर्ताहरूले यति छिट्टै एपलाई अपनाउनु भएको देख्दा म अत्यन्तै उत्साहित छु र यसले हाम्रो प्रयास सही दिशामा गइरहेको महसुस भएको छ', सिटौलाले भने । 

यो छुट प्राप्त गर्न https://meditatenepal.link/offer/ मा जानुहोस् ।
‘मेडिटेट नेपाल’ एप डाउनलोडका लागि: https://meditatenepal.link/app/ मा जानुहोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ