arrow

मोटरसाइकल पुलबाट खस्दा युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
accident-final.jpg

सर्लाही ।  बरहथवा नगरपालिका-१७ कटानीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा ना ४६ प २८२० नम्बरको मोटरसाइकल आज बिहान पुलबाट खस्दा मलङ्गवा नगरपालिका-४ निवासी ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए । 

टाउको, निधार र दुबै आँखामाथि गहिरो चोट लागेका रायलाई बरहथवामा प्राथमिक उपचारपछि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा निजको मृत्यु भएको उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ