arrow

केएमसीको स्वास्थ्य टोली बुढानीलकण्ठमा, साढे सात सयको निःशुल्क परीक्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
kmc-82-2-19w.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले बुढानीलकण्ठ वडा नम्बर ३ मा मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

केएमसीको प्राविधिक सहयोग तथा नमन यजकेयर एन्ड फिजियोथेरापी रिह्याबिटेसन सेन्टरको आयोजनामा भएको स्वास्थ्य शिविरमा ७ सय ३५ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा १६३ जनाको ल्याब परीक्षण, १४५ जनाको भिडियो एक्सरे, १३७ जनाको ईसीजी गरिएको थियो । 

१३ जनाको दाँत निकालिएको थियो भने २३ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ