arrow

अब होटेल बुकिङ पनि इसेवा बाटै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
esewa-hotel-booking-2025.jpg

काठमाडौँ। अब इसेवा मार्फत अनलाइन होटेल बुकिङ अझै सहज र छिटो भएको छ। इसेवाले आफ्नो सेवा सूचीमा होटेल बुकिङ सेवा पनि थप गरे सँगै होटेल खोज्न र बुक गर्न फोन गर्नुपर्ने, वेबसाइट चहार्नुपर्ने झन्झट हटेको छ। इसेवाले वेबसाइट र मोबाइल एपमार्फत सहजै आफ्नो आवश्यकता अनुसार होटेल बुकिङ गर्न मिल्ने गरी सेवा सञ्चालन गरेको छ। नेपालको पहिलो र अग्रणी डिजिटल वालेट इसेवाले, देशभर रहेका २००० भन्दा बढी होटेलहरूलाई एउटै प्लेटफर्ममा ल्याउँदै आफ्ना प्रयोगकर्ताहरूलाई सजिलो र छिटो होटेल बुकिङ गर्न मिल्ने सुविधा ल्याएको हो।

अहिलेसम्म मोबाइल रिचार्ज, बिजुली–पानीको बिल तिर्नेदेखि सरकारी सेवा शुल्क तिर्ने सम्मका कामलाई सहज बनाउँदै आएको इसेवाले, अब घुमघाम, व्यावसायिक यात्रा वा पारिवारिक कार्यक्रमका लागि होटेल बुकिङ पनि सहज बनाएको छ। केवल केही ट्यापमै, आफ्नो आवश्यकता र बजेट अनुसार होटेल बुकिङ गर्न सकिने भएकाले यो सुविधा अझ लोकप्रिय बन्ने र जनतामा अझ सहजता ल्याउने अनुमान गरिएको छ।

इसेवा मार्फत सहजै होटेल बुक गर्ने तरिका :

  • इसेवा एप खोली “ज्यतभकि” मा ट्याप गर्नुहोस्
  • तपाईँको गन्तव्य र प्रस्थान मिति चयन गर्नुहोस् 
  • उपलब्ध रहेका होटेलहरूबाट आफूलाई उपयुक्त होटेल रोज्नुहोस्।
  • सम्पूर्ण विवरण भरेर बुकिङ कन्फर्म गर्नुहोस्।
  • इसेवा वालेटबाट सहजै भुक्तानी गर्नुहोस्।

यसरी बुकिङ गरेपछि होटेल बुकिङ भएको वा नभएको सम्बन्धी सबै जानकारी तुरुन्तै प्रयोगकर्ताको मोबाइलमै आउँछ। यो सेवाबाट सस्तो होटेलदेखि सुविधा सम्पन्न तारे होटेलसम्म, आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिनेछ। अब होटेल बुक गर्नका लागि अलग–अलग वेबसाइट वा एजेन्सी खोज्नुपर्ने छैन। एउटा एपमै सबै काम मिल्ने यो सुविधा, देशभरका प्रयोगकर्ताहरूका लागि उपयोगी हुने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ