arrow

भोटोजात्रा अवलोकन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
voto-jatra-2082-2-18tt (1).jpeg

पाटन  । राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ अधिकारीले भोटोजात्रा अवलोकन गरेका छन् । उनीहरु अपरान्ह ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भए ।

राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र प्रमुख जिल्ला अधिकारी रमेश ढकालले स्वागत गरेका थिए ।

हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मछिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । 

त्यस अवसरमा उनले रातो मछिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । राष्ट्रपति पौडेलले जीवितदेवी कुमारीकोसमेत दर्शन गरे । 

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । 

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबजार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार यस वर्षको रथयात्रासमेत सम्पन्न भएको छ ।

गत वैशाख १५ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहण गरेसँगै जात्रा सुरु भएको थियो । यसलाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ । मच्छिन्द्रबहालस्थित मन्दिरबाट मूर्ति बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । 

करिब एक हजार ६०० वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म चल्छ ।

voto-jatra-2082-2-18tt (8).jpeg
voto-jatra-2082-2-18tt (7).jpeg
voto-jatra-2082-2-18tt (6).jpeg
voto-jatra-2082-2-18tt (5).jpeg
voto-jatra-2082-2-18tt (4).jpeg
voto-jatra-2082-2-18tt (3).jpg
voto-jatra-2082-2-18tt (3).jpeg
voto-jatra-2082-2-18tt (2).jpg
voto-jatra-2082-2-18tt (2).jpeg
voto-jatra-2082-2-18tt (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ