arrow

पत्रकार हिमेशरत्न वज्राचार्यको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
himeshratna-bajrajarcharya.jpg

काठमाडौँ । खेल पत्रकार हिमेशरत्न वज्राचार्यले लेखेको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक भएको छ । नेपाली फुटबलको इतिहास समेटिएको सो पुस्तक आइतबार नेपाली फुटबलका हस्ती राजुकाजी शाक्यले विमोचन गरे । 

शाक्य सन् १९८४ र १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दा टिमका महत्वपूर्ण सदस्य थिए । नेपाली फुटबलको शुरुआती समयसहित नेपालले सागमा दुई पटक स्वर्ण पदक जित्दाको इतिहासका विषय समावेश गरिएको छ ।

नेपाली फुटबलको इतिहासमा नेपालले जितेको त्यो दुई महत्वपूर्ण उपाधि हुन् ।  नेपाली फुटबलको इतिहास करिब एक सय वर्ष लामो लामो भए पनि अहिलेसम्म फुटबलको इतिहासबारे कुनै पुस्तक लेखिएको थिएन । 

त्यसैले नेपाली फुटबलको इतिहासमा लेखिएको यो पहिलो पुस्तकसमेत हो । फुटबललाई आफ्नो पहिलो प्रेम मान्ने लेखक वज्राचार्यले यो पुस्तक प्रकाशित गर्नु आफ्नो सपना भएको र सपना पूरा भएको बताए ।

नेपाली खेलकुदकी गोल्डेन गर्ल ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले खेलकदमा अध्ययन र साहित्य पनि चाहिन्छ र यस पुस्तकले यसको सुरुआत गरेको बताइन् । उनले, 'सय वर्षअघिदेखिको इतिहासलाई सङ्ग्रह गरेर पुस्तकको आकार दिने हिमेशरत्न वज्राचार्य खेल साहित्यको रत्न नै हुनुहन्छ', भनिन् । 

 अग्रज पत्रकार युवराज घिमिरेले, ‘खेलकुदले पनि कुनै पनि देशको समृद्धि देखाउँछ र यस्ता पुस्तक पनि त्यसका सहायक हुन्’, भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ