काठमाडौँ। नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि ले “बिना ट्रबल पैसा डवल” अफर सार्वजनिक गरेको छ ।
यस विशेष योजना अन्तर्गत अफर अवधिभर इसेवाबाट बैङ्क खातामा रकम ट्रान्सफर गर्ने दैनिक २ जना भाग्यशाली प्रयोगकर्ताहरूले रु. ५००० सम्मको डवल क्यासब्याक जित्न सक्ने मौका रहेको छ। साथै, अफर समाप्तिसँगै थप २ जना भाग्यमानी प्रयोगकर्ताहरूलाई बम्पर पुरस्कार स्वरूप रु १,००,००० जित्ने अवसर रहेको छ।
ज्येष्ठ १५ देखि असार १३ गतेसम्म चल्ने यस अफरमा इसेवा डाइरेक्ट, क्युआर स्क्यान वा खाता नम्बर मध्ये जुनसुकै माध्यमबाट पनि बैङ्क खातामा रकम ट्रान्सफर (बैङ्क ट्रान्सफर) गर्ने सबै प्रयोगकर्ता पुरस्कारको लागि योग्य रहनेछन्। हरेक दिन छनौट गरिने २ जना भाग्यशाली डवल क्यासब्याक विजेता मध्ये १ जना विजेता नयाँ प्रयोगकर्ताहरूबाट छनोट गरिनेछ।
इसेवाले डिजिटल कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउन देशभरका विभिन्न बैङ्क तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आएको छ। हाल इसेवामा नेपालका सबै प्रमुख बैङ्क तथा वित्तीय संस्थाहरू साझेदारको रूपमा आबद्ध रहेका छन्। यी साझेदारीहरूले डिजिटल भुक्तानी प्रणालीलाई जनमैत्री, भरपर्दो र सुलभ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। बैङ्क तथा वित्तीय संस्थाहरू सँगको साझेदारीले सेवा प्राप्त गर्नेलाई थप सहजता प्रदान गरेको छ भने लेनदेनको सुरक्षा र विश्वसनीयता पनि सुनिश्चित गरेको छ।
यसरी, इसेवाले डिजिटल भुक्तानी प्रणालीको पहुँच विस्तार गर्दै आर्थिक समावेशीकरणमा उल्लेखनीय योगदान पुर्याइरहेको छ। डिजिटल कारोबारलाई प्रवर्द्धन गरी आर्थिक विकास र डिजिटल अर्थतन्त्रको सुदृढीकरणमा यसले महत्त्वपूर्ण भूमिका समेत निर्वाह गरेको छ।