बैंगलुरु आईपीएलको फाइनल नजिक, पञ्जाब एक सय एक रनमै अलआउट
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
687
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरु फाइनल नजिक पुगेको छ । बिहीबार रातिको पहिलो क्वालिफायर खेलमा पञ्जाब किंग्सलाई सस्तैमा समेटेसँगै बैंगलुरु फाइनल नजिक पुगेको हो ।
चन्डिगढमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब १४.१ ओभरमै अलआउट हुँदै १०१ रनमा समेटियो ।
मार्कस स्टोइनिसले २६, प्रविसिम्रन सिंहले १८ तथा अज्मतुल्लाह ओमरजायीले १८ रन बनाए बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोर जोड्न सकेनन् ।
सुयश शर्मा र जोश हाज्लेवुडले समान ३–३, याश दयालले २ तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले १–१ विकेट लिए ।
यो खेल जित्ने टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न पाइने छ ।
शुक्रबार इलिमिनेटरमा मुम्बई इन्डियन्स र गुजरात टाइटान्स भिड्ने छन् । जित्ने टिमले पहिलो क्वालिफायरमा पराजित टिमसँग फाइनलका लागि दोस्रो क्वालिफायर खेल्नेछ भने इलिमिनेटरमा पराजित हुने टिम बाहिरिने छ ।