arrow

निरन्तर बैठकमा अनुपस्थित प्रदेश सभा सदस्य गीता गुरुङ पदमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
sita-gurung-lumbini.jpg

लुम्बिनी । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन् ।

जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो ।

नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभामा पूर्वसूचना नदिइ लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ । 

सोही प्रावधानअनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङ पदमुक्त भएकोले सो स्थान रिक्त भएको घोषणा बसेको छैटौँ अधिवेशनको ११औँ बैठकमा गरेका हुन् ।

प्रदेशसभा नियमावली, २०७९ को नियम १९० को उपनियम १ मा पनि कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले त्यसको जानकारी सभालाई दिनुपर्ने व्यवस्था छ ।

पाँचौँ अधिवेशनअन्तर्गत सम्पन्न ८३ वटा बैठकमध्ये उनी ३४ वटा बैठकमा मात्र सहभागी थिइन् ।

छैटौँ अधिवेशनमा भने उनी कुनै बैठकमा उपस्थिति भएकी थिइनन् ।

सो अधिवेशनमा ११ वटा बैठक सम्पन्न भइसकेका छन् ।

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सभामुखलाई पत्र पठाइ गुरुङले लगातार १० वटा बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार उनको पद रिक्त घोषणा गर्न अनुरोध गरेका थिए ।

गुरुङको पद रिक्त भएपछि लुम्बिनी प्रदेशसभामा अब ८७ सिटमध्ये ८६ सांसद छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ