-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
रुपन्देही । रुपन्देहीको बुटवलमा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ।
बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको बिहीबार बिहान ४ बजेतिर हत्या भएको हो।
प्रहरीका अनुसार सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेकी दीपालाई उनका पूर्व-श्रीमान् सुजन कोइरालाले आफ्नै घरमा बोलाएर हत्या गरेको आशंका गरिएको छ।
हत्या गर्ने अभियुक्त कोइराला यसअघि आफ्नै दाजुको हत्या गरी जेल बसेका र केही वर्षअघि संविधान दिवसको अवसरमा आममाफी पाएर छुटेका व्यक्ति रहेको बताइएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।