arrow

बजारबाट ८० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट थप ८० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बिहीबार २१ दिने अवधिका लागि निक्षेप संकलन उपकरण  बोलकबोल गरेको हो।

वित्तीय बजारमा देखिएको अत्यधिक तरलतालाई व्यवस्थापन गर्दै बजारको ब्याजदरलाई व्यवस्थित राख्न राष्ट्र बैंकले समय-समयमा यस्ता उपकरण प्रयोग गर्दै आएको छ। यस उपकरणमार्फत संकलन गरिने निक्षेपको सावाँ र ब्याज असार ४ गते भुक्तानी हुनेछ। यसको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडले भाग जाने गरी बोलकबोल हुने रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। केन्द्रीय बैंकका अनुसार यो उपकरण राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग धितो राख्न सकिनेछ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को चैतसम्ममा बोलकबोलमार्फत २२ खर्ब १२ अर्ब ५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत १४९ खर्ब ७४ अर्ब १० करोड रुपैयाँ गरी कुल १७१ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन भइसकेको छ।

त्यसैगरी, यस अवधिमा ओभरनाइट तरलता सुविधावापत २ अर्ब ७० करोड रुपैयाँ उपभोग भएको छ। अघिल्लो वर्षको सोही अवधिमा भने मौद्रिक नीतिका विभिन्न उपकरणमार्फत खुद ७६६ अर्ब १९ करोड रुपैयाँ तरलता प्रशोचन भएको थियो।

बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २०८१ चैतमा ३.०० प्रतिशत रहेको छ, जुन २०८० चैतमा ३.१० प्रतिशत थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ