कोगटे खोलामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
512
Shares
बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगु रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार, पौडी खेल्दा अचेत भएका हगङ्जबेगुलाई तत्काल उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकी लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो।