arrow

नेविप्रा कर्मचारी संघको नेतृत्वमा तीन 'स' को नारासहित पनेरुको सशक्त उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
maheshwor-dutta-paneru-nea.jpg

काठमाडौँ । यही जेठ ३० गते काठमाडौँमा हुने नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औँ केन्द्रीय महाधिवेशनमा महेश्वर दत्त पनेरुले आगामी तीन वर्षे कार्यकालका ट्रेड युनियन अभ्यासका मुख्य योजनासहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

तीन ` स´ संस्था, श्रमिक र सरोकारवालाको हितमा कर्मचारी संघको १३ औँ केन्द्रीय महाधिवेशन भन्ने मूल नाराका साथ उनी चुनावी मैदानमा उत्रिएका हुन् । प्राधिकरण भित्र ट्रेड युनियन वर्ग र आम श्रमजीवी माझ सक्षम, ईमानदार र सरल स्वभावका धनीका रुपमा परिचित पनेरुले सार्वजनिक प्रशासनमा आलोचनाको घेरामा रहेको ट्रेड युनियन अभ्यासलाई सभ्य, जवाफदेही र सुशासनले युक्त श्रमजीवीमैत्री बनाउने लक्य सहित मैदानमा आएको बताए । 

अध्यक्षका प्रत्यासी पनेरुले आफू विरासतको आवरणवाट नभई श्रमिकको मैदानबाट स्थापित हुन खोजेको र प्रविधि, प्रशासन र ट्रेड युनियन पद्धतिमा अभ्यस्त युवा टिम र अनुभवी पुस्ताको साथ र समर्थन आफूलाई रहेको जिकिर गरे । 

साथै  कर्मचारी समय सापेक्ष आधारभूत आवश्यकता परिपूर्ति र संस्थाको उद्धेश्य प्राप्तिमा उचित तालमेल स्थापित गर्न कार्यान्वयन योग्य योजनासहित आएकाले यस पटक पनेरु टिमले बाजी मार्ने पक्का पक्की भएको प्राधिकरण भित्रका केही जानकारहरु बताउँदछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ