arrow

मकवानपुरमा बस दुर्घटना

'ब्रेक फेल' भएको बसले सडकमा हिँडिरहेका सात जनालाई दियो ठक्कर, तीन मृत्यु, चार घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
Accident-sign.jpg

मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सोमबार बेलुका भएको सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बज्रवाराही गोपाली गाउँबाट थाहा बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भई अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो।

दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, सिराहा औराही गाउँपालिका–१ का ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर र रघुनन्दन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक कृष्ण बलामी र रघुनन्दन यादवको ठेगाना अझै खुलेको छैन।

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। प्रहरीले बस चालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ