देशभर बदली र वर्षाको सम्भावना: पहाडी भूभागमा मेघगर्जन चट्याङसहित वर्षा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
548
Shares
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले मौसममा बदली देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहनेछ। पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।
त्यसैगरी, आज राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा भने मौसम सफादेखि आंशिक बदली रहनेछ। मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भागका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।