arrow

केएमसीको स्वास्थ्य टोली विद्युत प्राधिकरणमा, तीन सयको निःशुल्क परीक्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
kmc-nea-82-2-12.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 

स्वास्थ्य शिविरमा २ सय ९५ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा १४१ जनाको ल्याब परीक्षण, ७९ जनाको भिडियो एक्सरे, ८८ जनाको ईसीजी गरिएको थियो । 

७ जनाको दाँत निकालिएको थियो भने १८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ