arrow

अनुसन्धान टोलीको निष्कर्ष - नाम्खामा दुई होइन, तीन हिमताल छन्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
telgau-pahiro.jpg
तस्बिर

अदानचुली (हुम्ला) । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा जेठ १ गते गएको बाढीपहिरोको कारण पत्ता लगाउन पुगेको सरकारी टोलीले त्यस क्षेत्रमा दुईवटा नभई तीनवटा हिमताल रहेको निष्कर्ष निकालेको छ।

खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन जिओोलोजिस्ट शिवकुमार बास्कोटा नेतृत्वको तीन सदस्यीय टोलीले ५ हजार ३५० मिटर उचाइमा यी हिमतालहरू भेटिएको निष्कर्ष निकालेको हो। अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी रहेका छन्।

पहिरो आएलगत्तै स्थानीयले दुईवटा हिमताल फुटेको बताएका थिए। तर, आइतबार बिहान उक्त स्थानमा गएको टोलीले दुईवटा हिमताल नभई तीनवटा हिमताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए।

जेठ १ गते राति एक्कासि बाढी आउँदा नाम्खा गाउँपालिका–६ तिल गाउँमा ठूलो क्षति पुगेको थियो, जसका कारण १८ घरपरिवार विस्थापित भएका थिए। हिमालमा रहेका दुईवटा हिमपोखरीबाट चुहिएको पानीले बाढीको रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ