arrow

आईपीएल

साबिक विजेता कोलकाता थन्कियो आठौँ स्थानमा, हैदराबादले गर्‍यो सुखद अन्त्य

कोलकाताको आईपीएल इतिहासकै सबैभन्दा ठूलो हार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
ipl-2024-final-kkr-shy.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल ) २०२५ को ६८ औं खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्स (केकेआर) लाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो सिजनको सुखद अन्त्य गरेको छ। यो हार केकेआरको आईपीएल इतिहासकै सबैभन्दा ठूलो हार हो।

दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको उक्त खेलमा सनराइजर्स हैदराबादले उत्कृष्ट प्रदर्शन गर्दै तालिकामा छैटौं स्थान हासिल गरेको छ। साबिक विजेता केकेआर भने यस हारसँगै आठौं स्थानमा सीमित भयो।

आइतबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले हेनरिक क्लासेनको शानदार शतक र ट्राभिस हेडको आक्रामक अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७८ रनको विशाल योगफल खडा गर्‍यो। केकेआरका लागि सुनिल नारायणले २ विकेट लिए।

२७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्स १६८ रनमा अलआउट हुँदै ११० रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो। हैदराबादका लागि हर्ष दुबे, ईशान मलिंगा र जयदेव उनादकटले उत्कृष्ट बलिङ गर्दै समान ३-३ विकेट लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ