arrow

आईपीएल रोमाञ्चक मोडमा, अन्तिम दुई खेलबाटै क्लालिफायरको टुंगो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
ipl-gujrat-chennai-2025.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) रोमाञ्चक मोडमा पुगेको छ । प्लेअफको टुंगो लागेको भए पनि शीर्ष दुईमा रहेर पुगिने क्वालिफायरको टुंगो भने लिग चरणका अन्तिम दुई खेलबाट हुनेछ ।

शीर्ष स्थानको गुजरात टाइटान्सले आइतबारको खेलमा पुछारको चेन्नई सुपर किंग्ससँग हार बेहोरेसँगै समीकरण रोमाञ्चक बनेको हो । 

गुजरात ८३ रनले पराजित भयो । पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा २३० रन बनायो । पहिलो पटक जारी लिगमा उच्च योगफल बनाएको चेन्नईका लागि डेवाल्ड ब्रेभिसले २३ बलमा ५७, डेभोन कन्वेले ३५ बलमा ५२, उर्भिल पटेलले १९ बलमा ३७ तथा आयुश मात्रेले १७ बलमा ३४ रन बनाए । 

जवाफमा गुजरात १८.३ ओभरमा अलआउट हुँदै १४७ रनमात्र बनायो । साइ सुदर्शनले सर्वाधिक ४१ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा अंशुल काम्बोज र नूर अहमदले समान ३–३ तथा रविन्द्र जडेजाले २ विकेट लिए । 

लिगका सबै खेल खेलेको गुजरात १४ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । 

तर अझै पनि गुजरातले क्वालिफायरमा स्थान पक्का गरिसकेको छैन । सोमबार चौथो स्थानमा रहेको मुम्बई इन्डियन्सले तेस्रो स्थानमा रहेको पञ्जाब किंग्ससँग खेल्दैछ । 

एक खेल कम खेलेको पञ्जाबको १७ तथा मुम्बईको १६ अंक छ । यो खेल जित्दा पञ्जाब शीर्ष स्थानमा पुगेर क्वालिफायर खेल्न पाउनेछ । 

यदि मुम्बई विजयी भयो भने शीर्ष स्थानमा रहेर क्लालिफायर खेल्नेछ । मुम्बई विजयी हुँदा पञ्जाब र पञ्जाब विजयी हुँदा मुम्बई क्वालिफायरबाट बाहिरिने छन् । दोस्रो क्वालिफायर खेल्न प्लेअफमा जित्नुपर्ने हुन्छ । त्यस्तै लिग चरणको अन्तिम खेलमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टस् खेल्नेछन् । 

यो खेल जित्दा १७ अंकको बैंगलुरु क्वालिफायरमा पुग्नेछ भने पराजित भए इलिमिनेटरमा धेकेलिने छ । 

पहिले नै बाहिरिइसकेको लखनउ भने यो सिजन सुखद अन्त्य गर्नमात्र चाहन्छ । लखनउ छैटौँ स्थानमा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ