जेठ २५ सम्म दैनिक साढे चार घण्टा बन्द गरेर यसरी बनाइँदैछ नागढुङ्गा–नौबिसे सडक [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
780
Shares
काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा–नौबिसे सडक शनिबार जेठ १० गतेदेखि हरेक दिन साढे ४ घण्टा बन्द गरेर बनाउन मर्मत गर्न थालिएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले शनिारदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए । आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ ।
नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ ।
प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरेत्रिशूलीगल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।