मादी नदी जिप दुर्घटना: तीन जनाको सनाखत, घाइतेलाई पठाइयो पोखरा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
715
Shares
दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार मृत्यु हुनेहरूमा व्यास–५ पाटनका अन्दाजी ३५ वर्षीय प्रवीन थापा मगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २०/२२ वर्षीय कुशल थापा रहेका छन्।
दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ का २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन्। घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ। दुर्घटनाका घाइतेहरूलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए।