arrow

देशभर बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। नेपालमा हाल पश्चिमी र स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ। यसले गर्दा आगामी २४ घण्टाभित्र देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी, मधेश, बागमती, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने सम्भावना छ।

कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले गर्दा यो मौसमी गतिविधि देखिएको हो। यसले गर्दा देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना बढेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ