केएमसीको स्वास्थ्य टोली श्रृंगेरीमा, तीन सय ४५ जनाको निःशुल्क परीक्षण
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
740
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको श्रृंगेरीमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
श्री श्रृंगेरी माध्यमिक विद्यालयमा भएको स्वास्थ्य शिविरमा ३ सय ४५ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा १०७ जनाको ईको, ८७ जनाको ईसीजी गरिएको थियो । त्यस्तै सात जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।