arrow

आईपीएल

आईपीएलको शीर्षमा रहेको गुजरातलाई हरायो लखनऊले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
lsg-luknow.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल ) २०२५ अन्तर्गत बिहीबार भएको ६४औँ खेलमा लखनऊ सुपर जायन्ट्सले तालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको छ। यो जितसँगै लखनऊले यस सिजनमा गुजरातलाई दोस्रो पटक हराएको छ।

नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा २३६ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो। यसअघि ब्याटिङ गरेको लखनऊले २० ओभरमा २ विकेटको क्षतिमा २३५ रनको सानदार योगफल खडा गरेको थियो।

लखनऊको जितमा मिचेल मार्शले ६४ बलमा ८ छक्कासहित ११७ रनको विस्फोटक शतकीय पारी खेले। यस्तै, निकोलस पूरनले पनि २७ बलमा ५६ रनको अर्धशतकीय योगदान दिए। बलिङतर्फ, अरशद खान र साई किशोरले १-१ विकेट लिए।

गुजरातका लागि शाहरुख खानले सर्वाधिक ५७ रन बनाए भने शेरफेन रदरफोर्डले ३८ रन र जोस बटलरले ३३ रनको योगदान दिए। कप्तान शुभमन गिलले ३५ रन र साई सुदर्शनले २१ रन बनाए। 

बलिङमा गुजरातका विलियम ओरुर्केले ३ विकेट लिए भने आवेश खान र आयुष बडोनीले २-२ विकेट हात पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ