arrow

बैतडी केन्द्रबिन्दु बनाएर गयो लगातार भूकम्प 

५.१ रेक्टर स्केलको भूकम्प, क्षति विवरण आउन बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
earthquake-final-------.jpg

बैतडी । बैतडी सदरमुकामलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार, बिहान १:४८ बजे ५.१ रेक्टर स्केल र त्यसपछि २:०० बजे ३.७ रेक्टर स्केलको गरी लगातार दुईपटक भूकम्प गएको हो।

लगातारको कम्पनपछि यहाँका स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ र डडेल्धुरासम्म महसुस गरिएको केन्द्र प्रमुख तिमल्सिनाले जानकारी दिए।

हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै पनि विवरण प्राप्त भइसकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ