बस अनियन्त्रित हुँदा एकैपटक आठ सवारी ठोक्किए, १५ घाइते [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
808
Shares
काठमाडौँ । काठमाडौँको गौशालामा बस अनियन्त्रित भइ दुर्घटना हुँदा एकैपटक आठ सवारी साधन ठोक्किएका छन् । बुधबार बिहान ११ बजेतिर गौशालाबाट एयरपोर्टतर्फ जाँदै गरेको बस ब्रेक फेल हुँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।
बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा उक्त बसले ठक्कर दिँदा अन्य कार, हायस, मोटरसाइकल र स्कुटर ठोक्किएका हुन् ।
क्षति भएका अन्य सवारीमा बा५ख ७३१ नम्बरको हायस, बाप्र–०१–०२६च ८५७६ नम्बरको कार, बीएसी ९७७३ नम्बरको कार, बा१६च ४४५२ नम्बरको कार, प्र–२–०१–००३प १००५ नम्बरको मोटरसाइकल, बा५१प २२ नम्बरको मोटरसाइकल र बाप्र–०२–०४६प ४८१९ नम्बरको स्कुटर रहेका छन् ।
घाइतेहरूलाई उपचारका निम्ति सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल लगिएको छ ।
दुर्घटना गराउने बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।