मौद्रिक नीति कार्यान्वयन र सुपरीवेक्षण प्राथमिकतामा
आर्थिक क्षेत्रमा राष्ट्र बैंकको भूमिका महत्वपूर्ण छ, त्यसैअनुसार काम गर्छुः नवनियुक्त गभर्नर पौडेल [भिडियो]
पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
643
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेलगत्तै डा. पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरे।
पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए। मौद्रिक नीतिले सरकारको वित्त नीति कार्यान्वयनमा केही अवरोध गरेको भए परिमार्जन गर्दै जाने उनले उल्लेख गरे। आफ्नो पहिलो काम मौद्रिक नीतिले तय गरेका विषयहरूलाई सफल बनाउने र अर्को काम सुपरीवेक्षण बढाउने भएको उनले स्पष्ट पारे। नेपालका विभिन्न बैंकहरूमा सर्वसाधारणका धेरै पैसा रहेकाले तिनीहरूको सुरक्षाका लागि सुपरीवेक्षण प्राथमिकतामा पर्ने उनको भनाइ थियो।
उनले भने, "राष्ट्र बैंकको भूमिका महत्वपूर्ण छ सबैलाई थाहा नै छ। हामी दुईवटा कुरालाई फोकस गर्छौं। एउटा मौद्रिक नीतिले तय गर्छ यसलाई सफल बनाउनका लागि र अर्को सुपरीवेक्षण नै हो।" उनले बैंकको क्षमता बढाउने, ल्यान्डिङ पोलिसी राम्रो ल्याउने र त्यसको प्रयोगको अनुगमन तथा निरन्तर मूल्यांकन गर्ने कार्यहरू प्राथमिकतामा रहेको बताए। नीति निर्माण सधैँ सम्भावनाविहीन हुनुपर्नेमा जोड दिँदै उनले नीति बनाउनुअघि सम्बन्धित पक्षहरूसँग छलफल गर्ने बताए।
गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा अस्वीकृत हुनु आन्तरिक कुरा भएको पनि उनले बताए।