arrow

सबैका लागि खुल्यो नौ तले दरबार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
nautale-darbar-basantapur-2.jpg

काठमाडौँ । काठमाडौँको वसन्तपुरस्थित नौ तले दरबार औपचारिक रुपमा उद्घाटन भएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दरबार उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै यो दरबार सर्वसाधारणका लागि खुला गरिएको छ । दरबार चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको हो । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षण नौ तले दरबार वरपर घुम्न सक्नेगरी सबै संरचना हटाइएको छ । 

दरबार खुले पनि त्यहाँ रहेको महेन्द्र र वीरेन्द्र संग्रहालय भने केही समयपछि मात्र खुला हुनेछ । अहिले नौ तले दरबारमा चढ्न पाउने व्यवस्था गरिएको छ ।

दरबारको तल्लो तलामा भूकम्पअघिको दरबारको अवस्था र भूकम्पपछिको अवस्थाको बारेमा तयार पारिएको डकुमेन्ट्री प्रदर्शन गरिनेछ ।

दोस्रो र तेस्रो तलामा संग्रहालय रहनेछ । दरबारको माथिल्लो तलामा भूकम्पबाट ध्वस्त भएका हनुमानढोका दरबार क्षेत्र परिसरका काम नलाग्ने टुँडाल, इँट्टा लगायतका पुरातात्त्विक वस्तु प्रदर्शनीमा राखिनेछ ।

nautale-darbar-basantapur-2082-2-7 (14).jpg
nautale-darbar-basantapur-2082-2-7 (13).jpg
nautale-darbar-basantapur-2082-2-7 (12).jpg
nautale-darbar-basantapur-2082-2-7 (11).jpg
nautale-darbar-basantapur-2082-2-7 (10).jpg
nautale-darbar-basantapur-2082-2-7 (9).jpg
nautale-darbar-basantapur-2082-2-7 (8).jpg
nautale-darbar-basantapur-2082-2-7 (7).jpg
nautale-darbar-basantapur-2082-2-7 (6).jpg
nautale-darbar-basantapur-2082-2-7 (5).jpg
nautale-darbar-basantapur-2082-2-7 (4).jpg
nautale-darbar-basantapur-2082-2-7 (3).jpg
nautale-darbar-basantapur-2082-2-7 (2).jpg
nautale-darbar-basantapur-2082-2-7 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ