arrow

सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम गर्‍यो सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
governor-selection-committe.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका लागि तीन जनाको नाम सिफारिस भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको हो । 

मंगलबार साँझ सम्पन्न सिफारिस समिति बैठकले डा विश्वनाथ पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिको सिफारिसअनुसार मन्त्रिपरिषदको बैठकले एक जनालाई गभर्नर नियुक्त गर्नेछ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । 

यसअघि एमाले र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार विश्व पौडेल गभर्नर नियुक्त हुने लगभग तय छ । दुई दलबीचको सहमतिअनुसार गभर्नर कांग्रेसको रोजाइमा हुने रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ