arrow

आईपीएल

गुजरातले १० विकेटले हरायो दिल्लीलाई, राहुल र गिलले बनाए यस्तो रेकर्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
gujurat-2025.jpg

काठमाडौँ । अरुण जेटली स्टेडियममा आइतबार सम्पन्न भएको आईपीएल १८ को रोमाञ्चक ६०औँ खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। 

दिल्ली क्यापिटल्सले प्रस्तुत गरेको २०० रनको चुनौतीपूर्ण लक्ष्यलाई गुजरात टाइटन्सले १९ ओभरमा कुनै पनि विकेट नगुमाई सहजै हासिल गर्‍यो।

यस खेलमा केही उल्लेखनीय व्यक्तिगत प्रदर्शन र रेकर्डहरू बने। दिल्ली क्यापिटल्सका ब्याट्सम्यान केएल राहुल टी२० क्रिकेटको इतिहासमा ८ हजार रन पूरा गर्ने सबैभन्दा छिटो भारतीय खेलाडी बने। उनले साई किशोरको एकै ओभरमा ह्याट्रिक चौका प्रहार गर्दै आफ्नो आक्रामक ब्याटिङको परिचय दिए। केएल राहुलले १९औँ ओभरमा लगातार छक्का र चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरे। उनले ६० बलमा अविजित ११२ रन बनाए।

गुजरातका युवा ब्याट्सम्यान साई सुदर्शनले उत्कृष्ट ब्याटिङ गर्दै छक्का प्रहार गरी आफ्नो शतक पूरा गरे। उनले कुलदीप यादवको बलमा दर्शनीय छक्का प्रहार गर्दै ५६ बलमा आफ्नो सतक बनाए। यसैगरी, गुजरातका कप्तान शुभमन गिलले यस सिजनको आईपीएलमा १००० औँ छक्का प्रहार गरे। उनले विपराज निगमको बलमा लङ-अफमा शानदार छक्का प्रहार गरे।

यस शानदार जितसँगै गुजरात टाइटन्स आईपीएल १८ को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ भने दिल्ली क्यापिटल्सको प्लेअफ यात्रा थप कठिन बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ