arrow

चीनबाट ल्याइएको स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
crime-final-everytime-use.jpg

काठमाडौँ । प्रहरीले रसुवाबाट सात किलो ६५३ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । गोसाइँकुण्ड गाउँपालिका २ रसुवागढी नाकाबाट आइतबार अपराह्न प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका ५ स्याफ्रुबेसीका २४५ वर्षीय किशोर भुजेल रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।  

चीनबाट आइरहेको बा ४ ख ६२०१ नम्बरको स्याउको डिब्बा गाडीबाट सुन बरामद भएको शाहीले बताए । भुजेल सो गाडीका चालक हुन् । 

‘स्याउ बोकेर आएको डिब्बा गाडी चेकजाँच गर्दा सुन फेला परेको हो,’ शाहीले भने। बरामद सुनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ