सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ लमजुङमा सम्मानित
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
468
Shares
लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई सम्मान गरिएको छ। एमाले लमजुङको नवौं जिल्ला अधिवेशन परिषद्को प्रथम बैठकको समापन समारोहमा आज उनीसहित अन्य नेताहरूलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतले खादा र सम्मानपत्रद्वारा सम्मानित गरेका हुन्।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका गुरुङ विसं २०४३ मा जनपक्षीय उम्मेदवार बनेका थिए। सोही अवसरमा पार्टीले विसं २०४३, २०४९ र विसं २०५४ मा उम्मेदवार बनेका दुई सय १४ जना पार्टीका नेताहरूलाई पनि सम्मान गरेको थियो।
विसं २०३४ देखि राजनीतिमा सक्रिय नेता गुरुङ पार्टीभित्र स्पष्ट वक्ताका रूपमा परिचित छन्। सञ्चारमन्त्री गुरुङसहित पूर्व जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार समाजवादउन्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको र पार्टी निर्माणमा विगतमा देखाएको क्रियाशीलता, योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जिल्ला अध्यक्ष विष्टले बताए।