arrow

पीठाधीश्वर शंकराचार्यद्वारा वसन्तपुरको कामाख्या देवीको दर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
koshi-pithadhish.jpg

काठमाडौँ। भारतको उध्र्वाम्नाय काशी सुमेरु पीठाधीश्वर जगतगुरु शंकराचार्य अनन्तश्री विभूषित स्वामी नरेन्द्रानन्द सरस्वती जी महाराजले पाल्पाको वसन्तपुरमा अवस्थित कामाख्या देवी मन्दिरको दर्शन तथा पूजा आराधना गरेका छन्।

नेपालका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्ने क्रममा रहेका शंकराचार्यले बिहीबार कामाख्या मन्दिरको भ्रमण गरेका हुन्। मन्दिर दर्शनपछि उनले कामाख्या देवीको दर्शनबाट जीवनमा शक्ति प्राप्त हुने र आइपर्ने संकटहरू निवारण हुने धार्मिक विश्वास रहेको बताए। कामाख्या देवीको उपासनाले मनोकामना पूरा हुने विश्वास पनि शंकराचार्यले व्यक्त गरे।

शंकराचार्यले वसन्तपुरलाई सुन्दर, स्वच्छ, शान्त र शीतल ठाउँको रूपमा वर्णन गर्दै हिन्दू धर्मावलम्बीहरूले एक पटक अवश्य पुग्नुपर्ने स्थान भएको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ