arrow

पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
supreme-court-सर्वोच्च अदालत.jpg
तस्बिर : फाइल

काठमाडौँ। सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवल कार निर्माण कार्य रोक्न यस अघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ।

न्यायाधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ।

पाथीभरा केवल कार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो।

त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो। दुई पक्षको छलफलपछि डा नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने बताएको हो।  यो आदेश सँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ। आइएमई ग्रुपको लगानीमा पाथीभरामा केवल कार निर्माणको काम अघि बढेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ