arrow

लामेआहालमा माइक्रो बस दुर्घटना हुँदा तीनको मृत्यु, चालकसहित आठ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
micro-accident.jpg

पोखरा । पोखरामा मोइक्रोबस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । मृतक दुई पुरुष एक महिला भए पनि सनाखत हुन बाँकी छ ।

धादिङबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको विद्युतीय माइक्रो बस पृथ्वी राजमार्गअन्तर्गत पोखरा-३२, लामेआहालमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा चालकसहित आठ जना घाइते भएको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जनाएको छ । 

घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकामा तीन जनाको मृत्यु भएको हो ।

माइक्रो तीव्र गतिमा चलाइएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ