-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । पोखरामा मोइक्रोबस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । मृतक दुई पुरुष एक महिला भए पनि सनाखत हुन बाँकी छ ।
धादिङबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको विद्युतीय माइक्रो बस पृथ्वी राजमार्गअन्तर्गत पोखरा-३२, लामेआहालमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालकसहित आठ जना घाइते भएको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकामा तीन जनाको मृत्यु भएको हो ।
माइक्रो तीव्र गतिमा चलाइएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।