arrow

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
lumbini-pradesh- sabha.jpg

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट शुरु हुँदै छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को वैशाख २५ गते बसेको बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले अधिवेशन आह्वान गरेका हुन्।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले बैठक आह्वान गरेका हुन्। प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने र प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ।

लुम्बिनी प्रदेश सरकारले आगामी जेठको पहिलो साता नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ