arrow

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिबारे पुनः सुनवाइ शुरू 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
supreme-court-photo-oli.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः सुनवाइ सुरू भएको छ ।  

विगत चार वर्षदेखि कुनै निर्णयमा नपुगी सर्वोच्च अदालतमा ‘पेन्डिङ’ मै बसेको उक्त मुद्दा आजबाट पुनः सुरू भएको हो ।

 तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेको थियो । 

सो नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । गत माघदेखि भने संवैधानिक इजलासले ‘हेर्दाहेर्दै’मा राखेर सुनवाइ अघि बढाएको छ । 

यसअघि निरन्तर सुनुवाइ जारी रहेका बखतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बेलायत भ्रमणमा गएका कारण स्थगन गरिएको थियो । अब उक्त रिटमाथि पुनः सुनुवाइ थालिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ